Blogs

कर्मा दोङ तामाङ पूगे ‘एनआरएन द सिङगर’ फिनाले को लागी नेपाल

रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनालेको तयारी पूरा भएको छ । आइतबार दिउँसो काठमाडौंमा लाइभ प्रस्तुति पछि विजेता र उप विजेताहरुको टुंगो लाग्ने छ ।
एनआरएन द सिंगर को सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत आह्वान गर्दा ८७ देशका एनसीसीहरुलाई पत्राचार गरिएको थियो । त्यसमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो ।

त्यसमध्ये आयोजक र जज मिलेर उत्कृष्ट ४० जनाको छनोट गरिएको छ । उत्कृष्ट ४० जनाको प्रस्तुति टेलिभिजनमा प्रसारण भएपछि ३ जना निर्णायक शम्भु राई, शर्मिला बर्देवा र रुपककुमार शाही समुदाले उत्कृष्ट २० जनालाई अर्को चरणमा प्रवेश गराएका थिए । २० जनाको प्रतिस्पर्धामा ५ जना बाहिरिए पछि उत्कृष्ट १५ मा पुगेका थिए भने उत्कृष्ट १५ बाट अहिले ग्रान्ड फिनालेसम्म आइपुग्दा अनलाइन भोटिङको पनि व्यवस्था गरिएको थियो । फिनालेका लागि ५ प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेकाले आइतबार अपरान्ह ५ बजेसम्म अनलाइन भोटिङको व्यवस्था गरिएको छ । ५ वजेभित्र सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धी नै एनआरएन द सिंगरको पहिलो विजेता हुने छन् ।

ग्रान्ड फिनालेको प्रत्यक्ष प्रसारण सामाजिक सञ्जालबाट हुने छ भने स्पेस फोर के टेलिभिजनमार्फत पनि प्रसारण हुने छ ।

कर्मा दोङ तामाङ, विष्णु क्षत्री, सुवासचन्द्र पुनमगर, गुना मगर निसु र युक्ती विमलीले ग्रान्ड फिनालेका लागि स्थान पक्का गरेका छन् । ग्रान्ड फिनालेका लागि मेरियट्स होटेलमा कार्यक्रम तय गरिएको कार्यक्रम उत्पादक युनिटेकका सुरज राइले जानकारी दिए ।

काभ्रे घर भइ जापान बस्ने ३० वर्षीय कर्मा दोङ तामाङ अहिले जापानमा रहेर काम गरिरहेका छन् । विदेशमा बसेपनि नेपाली गीत संगीतबाट कहिल्यै टाढा नभएका तामाङले फिनालेमा पुग्नका लागि राजु लामाको चर्चित गीत ’गाउँकी चेली साह्रै नै राम्री फरिया र चोलोमा झनै राम्री’ बोलको गीत प्रस्तुत गरेका थिए ।

उपाधि जित्नले नगद ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले २ लाख र सेकेन्ड रनरअपले १ लाख नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र पाउने एनआरएन द सिङ्गरका प्रमुख संयोजक गोविन्द प्रसाद गौतमले जानकारी दिए । ग्रान्ड फिनाले घटस्थापना का दिन असोज २८ गते ९अक्टोबर १५० मा काठमाडौंमा आयोजना गरिने कार्यक्रमका उपसंयोजक प्रवीण गुरुङले बताए ।
प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले रियालिटी शो ‘एनआरएन द सिङगर’ आयोजना गरिएको एनआरएनए आइसीसीका सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष समेत रहेका गौतमले जानकरी दिए ।

Source:- Matrisandesh

You may also like

%d