Blogs

टोक्यो मा नेपथ्यः अहिले सम्मको ठुलो संगीत मेला

नेपाली गीत संगितको क्षेत्रमा सदावहार ब्यांड रुपमा स्थापित नेपथ्यले आउँदो अगस्ट ८ तारिख टोकियोमा कन्सर्ट गर्ने भएको छ। नेपथ्यले टोकियोको तोयोसु पिटको सांगितिक अडिटोरियम हलमा कन्सर्ट गर्नेछ।

टोकियोमा नेपथ्य ब्याण्डलाई सुभास लामीछाने को भिजोनिया कम्पनीले लिएर आउन लागेको हो।सुभास लामीछाने अनुसार अगष्ट ८ तारिख नेपथ्य व्याण्डको कन्सर्ट तय भएको छ अनी यो कन्सर्ट अहिलेसम्मकै भव्य हल, व्यवस्थापन र तयारी सहित नेपथ्यको कन्सर्ट आयोजना हुनेछ॥

सुभाष लामीछाने ले यसपटक टिकट प्रिन्ट गरेर विक्रि नगर्ने साथमा सबै टिकट अनलाईन मार्फत विक्रि हुने अनी अनलाइन मार्फत सामान्य टिकट तर्फ ६,००० येन र नेपथ्य व्याण्डको लोगो तथा अमृत गुरुङको तस्विर अंकित विशेष टिसर्ट सहितको मूल्य १० हजार येन अनलाइनमा बुकिगं गराएर हलमा टिकट लिन चाहनेहरुका लागि भने ७,००० येन शुल्क कुरा पनी जानकारी दिनुभयो।

कार्यक्रम को भब्य सफलता को लागी UNA ENTERTAINMENT शुभकामना ब्यक्त गर्दछौ॥

You may also like

%d