Blogs

नेपथ्यले तताउने जापान

श्रृंखलावद्ध कन्सर्ट प्रस्तुतिका लागि लोकरक ब्याण्ड नेपथ्य जापानतर्फ जाने भएको छ । राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरुमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोलीसहित नेपथ्य यही अगस्तमा जापान जान लागेको हो ।

नेपथ्यले टोकियोस्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ । त्यसैगरी ब्याण्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा आफ्नो प्रस्तुति दिनेछ ।

सधैझैँ जापानमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।

‘प्राविधिक हिसाबले व्यवस्थापन गर्न नेपालबाटै प्राविधिकहरूको टोली लिएर जाँदा बढी प्रभावकारी हुन्छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसैले यसपाला मञ्चमा प्रस्तुत हुने छ जना कलाकारका अलावा आठ जना थप सदस्यसहितको हाम्रो टोली जापान पुग्दैछ।’

You may also like

%d