Blogs

FEB ७ जापान आईपुगेका १९ वर्षिय नेपाली विद्यार्थीको असमायिक निधन,शव नेपाल पठाइने

नागोया मिनातो मा एक बिद्यार्थी अस्ताए।

मिनातो टोकाईदोरी निवासी,नेपालको ताप्लेजुङ स्थायी घर भइ,४ महिना अघि नागोया नाकामुरा वार्ड स्थित
(Aeiou japanese Language school )मा भाषा विद्यार्थीका रुपमा जापान आइपुगेका १९ वर्षिया, बचन लिम्बुको यहि जुन २३ तारिख शुक्रबार बिहान असामयिक निधन भएको हो।

प्राप्त जानकारी अनुसार, छात्रवासबाट विद्यालय जाने क्रममा ट्रेन स्टेशन नजिक ढलेका लिम्वूलाई तत्काल मिनातोकु स्थित चुवु रोसाई हस्पिटल लगिएको तर अस्पतालका चिकित्सकले विहान ८ः०८ बजे नै हृदयघातबाट निधन भएको पुस्टि गरिदिएका थिए।

लिम्बु विधार्थी भिषामा फेव्रुअरि ७ मा जापान आइपुगेका थिए। लिम्वूको शव नेपाल पठाऊन आवश्यक पहलका लागि उनि अध्ययनरत विधालय को पहलमा आवश्यक प्रकृया अघि बढाईएको छ।

यस प्रकृयामा लाग्ने सम्पूर्ण खर्च स्वर्गीय लिम्वूको भाषा स्कुलले व्यहोर्ने कुरा विद्यालय पक्षले जनाएको बताइएको छ।

You may also like

%d