Rashifal

Friday November 17, 2023 | २०८० मंसिर १ गते शुक्रवार

तिथि : चतुर्थी ( दिउँसो ११ बजेसम्म ) पछि पञ्चमी

नक्षत्र : पूर्वषाढा

करण : बणिज

चन्द्रराशि : धनु

सूर्योदय : ०६ः२७

सूर्यास्त : १७:९

दिनमान : २६:४६ घडी

राहुकाल : बिहान १०:३० देखि १२:०० बजेसम्म

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको दिन भाग्यले पूरै साथ दिनेछ । रमाइलो यात्रा हुनेछ । धार्मिक कार्यमा सहभागी हुन पाइनेछ ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मन थकित र आलस्य हुनेछ । नयाँकाम आज नगर्दा नै ठिक हुनेछ । स्वास्थ्यको ख्याल राख्नुहोला ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
परिवारसँगको सामिप्यताले मन आनन्दित रहनेछ । आवश्यक नयाँ योजना बनाइएला । धन भने खर्च हुने देखिन्छ ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
तपाईँको आज शत्रूले काम बिगार्ने योग छ । पाहुनाको स्वागतमा समय खर्चिनु पर्नेछ । आयभन्दा व्यय बढी हुनेछ ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धनको आय र व्ययमा सन्तुलन रहनेछ । आफूले गरेको काममा सफल हुनुहुनेछ । मनमा उर्जा आउनेछ । आफन्त तथा इष्टमित्रको सहयोग रहला ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सन्तानको सहयोगले महत्वपूर्ण काम बन्ने देखिन्छ । मनले चिताएको पुग्नेछ । घरायसी झमेलाबाट मुक्त भइनेछ ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
दाजुभाइ नै शत्रु बन्न सक्नेछन्। सोच बिचार गरेर मात्र काम सुरु गर्नुहोला । सोचेभन्दा बढी परिश्रम हुनेछ ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज धन प्राप्ति हुनेछ । खर्च सही ठाउँमा हुनेछ । यात्रा सुखमय र मनोरञ्जनात्मक बन्नेछ ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिका लागि आज त्यही शुभ हुनेछ । मन भने चञ्चल हुनेछ । सामान खरिद गरिनेछ । यात्रा रमाइलो हुनेछ ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आजको दिन भाग्यले साथ दिनेछ । बिचारको कदर हुनेछ । सोचेभन्दा बढी आय होला । यात्रा पनि सुखद नै हुनेछ ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
आजको दिन मध्यम हुनेछ । काममा बाधा दिनेहरु हुनेछन्। सोचेभन्दा कम काम बन्नेछ । खर्च बढ्नेछ ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
महिनेत र परिश्रमबाट गरेकोकाम पूरा हुनेछ । परिवारसँगको यात्रा रमाइलो होला । उचित ठाउँमा खर्च हुनेछ । नयाँ योजना बन्नेछन्।

कार्तिक २६–मंसिर २ | २०८०

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुरुमा प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। उपहार तथा आतिथ्यपूर्ण सम्मान पाइनेछ। मंगलवार र बुधवार शारीरिक तथा मानसिक रूपमा कमजोर भइनेछ। अर्थअभावले कामको योजना रोकिन सक्छ। बिहीबारदेखि स्थितिमा सुधार आउनेछ। सहयाेगीहरूकाे साथ–सहयाेग जुट्नाले नयाँ काममा हातहाल्न सकिनेछ। पहिले गुमेको उपलब्धि पुनः प्राप्त हुन सक्छ। मेहनतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। सप्ताहान्तमा भाग्यले साथ दिनेछ र पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्पर्धीहरू पछि हट्नाले काममा उत्साह जाग्नेछ। व्यापारमा राम्रो आम्दानी हुनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिहीवारदेखि स्वास्थ्य र आम्दानी कमजोर रहनेछ। आँटेका काममा बाधा हुनेछ भने अप्ठ्यारो समयमा एक्लो भइनेछ। तापनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नाले विशेष जिम्मेवारी पाइनेछ। तत्काल ठूलो फाइदा नदेखिए पनि दिगो काम प्रारम्भ हुनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेको समस्याले काममा बाधा पुर्याउन सक्छ। अध्ययनमा पनि त्यति समय दिन नसकिएला। मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतिस्पर्धाको दौडमा सहयात्रीहरूलाई उछिन्न सकिनेछ। कामका बाधाहरू स्वतः हट्नेछन्। विजेताका रूपमा मानसम्मान पाइने समय छ। व्यापार विस्तार हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। सप्ताहान्तमा भने स्वास्थ्य कमजोर रहने देखिन्छ। कामको चाप पनि बढ्नेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा अस्वस्थता र घरेलु समस्याले काममा बाधा हुन सक्छ। आफ्ना कमजोरी बाहिरिनाले अवसरवादीहरू जुर्मुराउनेछन्। मंगलवारदेखि स्थितिमा सामान्य सुधार आउनेछ। अध्ययनमा रुचि बढ्नुका साथै जेहेन्दार विद्यार्थीहरूको सपना पूरा हुनेछ। बिहीवारपछि मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। व्यवसायमा पनि प्रतिस्पर्धीहरू परास्त हुनेछन्। रचनात्मक काममा प्रवृत्त भइएला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। सप्ताहान्तमा सोखले खर्च बढाउनेछ भने व्यवसायका सन्दर्भमा यात्रा हुने सम्भावना छ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन् भने पहिलेको नतिजाले पनि उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। मंगलवार र बुधवार भने आफ्नैबाट धोका हुन सक्छ। बेसुरमा दिएको वचनले पनि समस्या निम्त्याउन सक्छ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले रचनात्मक काममा रुचि बढ्नेछ। गुरुजनको सहयोग जुट्नेछ भने विदेश ताक्नेहरूलाई पनि अध्ययनको मार्ग खुल्नेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन गर्न सकिनेछ। सप्ताहान्तमा प्रतिस्पर्धीहरूलाई हराउँदै अवसर हात पार्न सफल भइनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
साताको सुरुमा विवादास्पद जिम्मेवारी आउनाले होसियारपूर्वक काममा जुट्नुपर्ला। किनमेलमा खर्च बढ्नेछ। मंगलवारदेखि सहयोगीहरू जुट्नाले धेरै काम बन्नेछन्। जटिल काम समेत सम्पादन गर्न सकिनेछ। प्रयत्न गर्दा दिगो फाइदा उठाउन सकिनेछ। बिहीवारदेखि घरायसी काममा अलमल हुने देखिन्छ। अरूको मुख ताक्नाले पछि परिनेछ। तापनि सप्ताहान्तमा अध्ययनले गति लिनेछ। सहपाठीहरू पछि पर्नेछन् भने विद्यार्थीका लागि सप्ताहान्त विशेष फलदायी रहनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। तर पहिले राेकिएका कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। विवादास्पद काममा अलमल हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। बिहीवार र शुक्रवार भने प्रतिष्ठित काम गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने काम बन्नाले आयआर्जन मनग्य हुनेछ। सप्ताहान्तमा घरेलु समस्याले अलमल्याउन सक्छ। बन्धु–बान्धवबीच आत्मीयतामा केही कमी आउला।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला। तापनि पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। मंगलवारदेखि पारिवारिक जमघटमा समय बित्नेछ। कामकाे चाप भने बढ्न सक्छ। आगन्तुकले अलमल्याउने हुँदा उद्देश्यमा पुग्न समस्या पर्नेछ। बिहीवारदेखि आयस्राेत सबल बन्नेछ भने अध्ययनले पनि प्रगतिको मार्ग अवलम्बन गर्नेछ। अभिव्यक्ति–कलामा निखारता आउनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। सप्ताहान्तमा नयाँ पेसा–व्यवसाय थालनी हुन सक्छ। भाैतिक साधन जुट्नाले काममा फाइदा हुनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
काममा फाइदा लिने अवसर जुट्नुका साथै मनग्य आम्दानी हातलागी हुनेछ। पेसा–व्यवसायतर्फ दिगाे काम प्रारम्भ हुनेछ। गरेका कामबाट पनि राम्रै उपलब्धि हातपार्ने समय छ। तर, मंगलबारदेखि केही अनियन्त्रित खर्च पनि हुनेछ। अर्थ अभावले चिताएको काममा बाधा पुग्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने टाढाका साथीसँग सम्बन्ध विस्तार गर्न सकिनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा प्रतिष्ठित काम गर्दै कीर्तिमानी हासिल गर्ने समय छ। कर्मयोगले उचाइमा पुर्याउनेछ। कामको सन्दर्भमा वरिष्ठ व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मिहिनेतले कीर्तिमानी समेत दिलाउन सक्छ। बुधवारसम्म राम्रै आम्दानी हुनेछ। बिहीवारदेखि आकस्मिक खर्च बढ्नाले रकम सञ्चय नहुन सक्छ। पछिका लागि लगानी गर्नुपर्ने देखिन्छ। आफन्तबाट टाढिनुपरे पनि पनि यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ। सप्ताहान्तमा पारिवारिक भेटघाटको आनन्द प्राप्त हुनेछ। मिहिनेत गर्दा सफलताको उचाइमा पुग्न सकिनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा अरूको हस्तक्षेपले काम रोकिन सक्छ। तापनि दोहोर्याएर प्रयत्न गर्दा सोमवारदेखि स्थितिमा सुधार आउनेछ। रोकिएको काम सुरु हुनेछ भने विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। आँट गर्दा सफलताले पछ्याउनेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउन सक्छ। व्यापार बढ्नेछ भने आम्दानीका स्रोतहरू सबल बन्नेछन्। प्रयत्न गर्दा पछिका लागि रकम जोहो गर्न सकिनेछ। सप्ताहान्तमा भने आम्दानीका तुलनामा खर्च बढी हुनेछ। सञ्चित रकम अरूले हत्याउने कोसिस गर्नेछन्, सजग रहनुहोला।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा परिस्थिति अनुकूल नदेखिए पनि मिहिनेतले बिस्तारै सफलताको खुड्किलो चढ्न सकिनेछ। बुद्धिको उपयोगले चुनौतीहरूलाई पन्छाउन सफल भइनेछ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। नयाँ काम तथा सीप सिक्ने अवसर प्राप्त हुनेछ। साताको उत्तरार्द्धमा पुरुषार्थले कीर्तिमानी दिलाउन सक्छ। गहिरो अध्ययनले पनि समस्या समाधान हुनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। रकम सञ्चय नभए पनि आयस्रोत बढ्नाले घर–परिवारका समस्या समाधान हुनेछन्।

मंसिर २०८०

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई परिस्थिति अनुकूल नहुनाले मंसिर महिना केही संघर्षमय रहनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। स्वास्थ्यमा पनि समस्या देखापर्ने सम्भावना छ। अज्ञानता र बलजफ्ती गर्ने बानीले काम बिग्रनुका साथै अर्थहानि हुन सक्छ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ र सफलताको सिढी उक्लन समय लाग्नेछ। नियमित व्यापारले सामान्य लाभ भने भइरहनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। अरूको भरपर्दा धोका पाइनेछ र लाभांश पनि गुम्नेछ। नयाँ काम गर्न नसकिए पनि पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला। लगनशील बन्दा अध्ययनमा लक्ष्य प्राप्त गर्न सकिनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिलाई मंसिर महिना केही उतारचढावमय रहनेछ। कर्ममा विश्वास गर्नेहरूलाई पनि केही विघ्नबाधा आइरहनेछन्। वादविवादले पारिवारिक माहोल अशान्त बन्न सक्छ। घरको समस्याले आर्थिक पक्ष प्रभावित बन्ने सम्भावना छ। व्यावसायिक यात्रा र भेटघाटका अवसर भने आइरहनेछन्। आम्दानी राम्रै भए पनि खर्च बढ्नाले धन सञ्चय नहुन सक्छ। समय दिन नसक्दा पेसा–व्यवसाय कमजोर बन्नेछ। सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। सेयर तथा लगानीको मूल्य भने बढ्न सक्छ। चोटपटक वा थकानले स्वास्थ्य कमजोर रहनेछ। नोकरी तथा व्यवसायमा केही झमेला आउने सम्भावना छ। कुनै पनि जोखिमपूर्ण काममा अघि नसर्नुहोला। र अड्किएका कामतर्फ अधिक रकम खर्च नगर्नुहोला। मिहिनेत गर्दा अध्ययनमा उपलब्धि प्राप्त गर्न सकिनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिलाई मंसिर महिना विशेष उपलब्धिमूलक रहनेछ। स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आँटेको काम बन्नेछ। आत्मविश्वास बढ्नेछ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ। सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ व्यवसाय प्रारम्भ हुनेछ। स्थापित पेसा–व्यवसायले नयाँ उचाइ तय गर्नेछ। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन्। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। अरूका हातमा गएको धन र वस्तुसमेत फिर्ता हुनेछ। अर्थ उपार्जनका नयाँ स्रोत पनि फेला पर्नेेछन्। प्रयत्न गर्दा नयाँ काम, उद्योग वा व्यवसाय सुरु हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउन सक्छ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिलाई मिहिनेत गर्दा मंसिर महिना उपलब्धिमूलक हुनेछ। तर लक्ष्यको उचाइ प्राप्त गर्न केही समय लाग्न सक्छ। सामान्य स्वास्थ्य समस्या देखिनाले पूर्ण समय काममा जुट्न नसकिएला। समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्। शुभचिन्तकको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषितर्फ उत्पादनको मूल्य प्राप्त हुनेछ। पशुपालनबाट पनि मनग्य लाभ उठाउन सकिनेछ। राम्रो सवारी तथा विभिन्न भौतिक साधनहरू जुटाउने समय छ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। घरमा सुख–समृद्धि बढ्नेछ। अध्ययन र लेखनतर्फ प्रगति हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। कामबाट नियमित आयआर्जन हुनेछ। विदेश ताक्नेहरूलाई महिनाको उत्तरार्धमा यात्राको साइत जुर्न सक्छ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिलाई मंसिर महिना केही संघर्षमय रहने देखिन्छ। अर्थ अभाव र पारिवारिक दबाबले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। साझेदारी तथा सगोलको व्यवहारमा पनि केही विवाद आउने हुँदा घरायसी माहोल बिग्रने सम्भावना छ। घर–व्यवहार सुधार्न केही समय सामाजिक जिम्मेवारीबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ। बाहिरी काम रोकेर पनि आफन्तका लागि समय छुट्याउनुपर्ला। पेसा–व्यवसायमा नयाँ योजना थाल्न समस्या पर्नेछ। महत्त्वाकांक्षाले आर्थिक जोखिम निम्त्याउन सक्छ। उठ्नुपर्ने रकम हातलागी नहुँदा कर्जा लिनुपर्ने अवस्था आउन सक्छ। नोकरीमा समेत अरूको दबाब झेल्नुपर्ला। अप्ठ्यारो समयमै सहयोगीहरूले साथ दिन छाड्नेछन्। यो महिनामा केही काम रोकिए पनि हिम्मतले पहिलेको साख र उपलब्धि जोगाउन सकिनेछ, मेहनत गर्नुहोला।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिलाई मंसिर महिना निकै उत्साहवद्र्धक रहनेछ। बल, पराक्रम, तेज बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। शत्रु र रोगबाट छुटकारा पाइने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि भिœयाउने समय छ। उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने समय छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन्। घर–परिवारमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। दाजुभाइमा भने केही असमझदारी बढ्न सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले समयमा सावधान रहनुहोला।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिलाई मंसिर महिनामा केही चुनौती देखिए पनि आंशिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। व्यवहारमा भने केही विवादास्पद जिम्मेवारी आउनेछन्। अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। प्रतिष्ठाको भ्रमले श्रम, समय र धन खर्च हुनेछ। बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। अरूको भरपर्दा काम रोकिने हुँदा स्वयं जुट्नुपर्नेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। मिहिनेतले काम बन्नेछ र पेसा–व्यवसायमा फाइदा हुनेछ। सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ। लेनदेनसम्बन्धी पुरानो हिसाबले भने वादविवाद निम्त्याउन सक्छ। स्वास्थ्यमा शिर, दाँत र आँखाको समस्याले सताउने समय छ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशिलाई मंसिर महिनामा उच्च महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। अरूको सुझावविपरीत आफ्नो निर्णय लागू गर्दा समस्यामा परिनेछ। अहंकार मिश्रित बोली–व्यवहारले सहयोगीहरू टाढिनेछन्। जटिल काम पनि एक्लै समेट्नुपर्ने चुनौती आउन सक्छ। समस्याबाट बाहिरिन समय लाग्नेछ। प्रतिष्ठाको भ्रमले श्रम, समय र धन खर्च हुनेछ। मिहिनेतको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ। वादविवादको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला। परिस्थिति अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ। प्रयत्न गर्दा व्यवसायमा सुधारका लक्षण पनि देखिनेछन्। पेसागत जिम्मेवारी बढ्न सक्छ। अध्ययनमा जुट्नेहरूलाई सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा उच्च रक्तचाप, टाउको दुख्ने र चाँडो रिस उठ्ने समस्या देखापर्ने छन्, सजग रहनुहोला।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिलाई मंसिर महिना केही संघर्षमय रहनेछ। सानो कमजोरीले आर्थिक व्यवस्थापान असन्तुलित बन्न सक्छ। सामान्य किनमेलमा सञ्चित रकम खर्च हुनेछ। सरसापटमा गएको नगद, उठ्नुपर्ने रकम र लगानी अड्किनाले व्यवहारमा समस्या पर्न सक्छ। समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन्। र आशा देखाउनेहरूले झुक्याउनेछन्। भौतिक साधनमा क्षति हुनेछ। यात्रा कष्टपूर्ण हुनेछ। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ला। प्रमाण नराखी दिएको नगद र उधारो व्यापारले वादविवाद निम्त्याउन सक्छ। पछिल्ला दिनमा आयस्रोत कमजोर हुनेछ, अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला। सबैसँग नम्र व्यवहार गर्दै पहिलेका उपलब्धि जोगाउने प्रयास गर्नुहोला। परिस्थिति अनुकूल नभएसम्म नयाँ कार्ययोजना अघि नबढाउनुहोला।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मकर राशिलाई मंसिर महिना फलदायी रहनेछ। रोकिएका कामले गति लिनुका साथै आयस्रोत सबल बन्नेछन्। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीतर्फ नयाँ अवसर प्राप्त हुने समय छ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। पेसा–व्यवसायमा विशेष लाभ हुने समय छ। सानो प्रयासले दिगो आयस्रोत जुटाउन सकिनेछ। सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ। आवश्यक उपकरण, सवारीलगायत भौतिक साधन जुटाउने समय छ। कृषि तथा पशुपालनबाट पनि मनग्य लाभ मिल्नेछ। गरेका कामको धेरैले प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिलाई मंसिर महिनामा विशेष अवसर प्राप्त हुनेछन्। विशेष भेटघाट हुनेछ, स्रोत–साधन जुट्नेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। प्रयत्न गर्दा सामाजिक अभियानको नेतृत्व लिन सकिनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। व्यवसायमा थप लगानी बढाउने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। देशविदेशको यात्रा पनि हुन सक्छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिलाई मंसिर महिना सामान्य फलदायी रहनेछ। मिहिनेत गर्दा उपलब्धि प्राप्त गर्न सकिनेछ। सुरुमा निर्णय लिन नसक्दा केही पछि परिनेछ। स्वास्थ्य समस्याले काम रोकिन सक्छ सक्छ। तापनि व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। धार्मिक तथा सामाजिक काममा प्रवृत्त भइनेछ। अध्ययनतर्फ पहिलेको नतिजा कमजोर आउन सक्छ, मिहिनेत गर्नुहोला। महिनाको उत्तरार्धमा व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा सुधारका लक्षण देखिनेछन्। लगानीमा केही रकम बाहिरिए पनि नियमित आम्दानी भइरहनेछ। केही नयाँ जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। पूर्वार्धमा संघर्ष गर्नुपरे पनि अन्त्यमा उपलब्धि प्राप्त गर्न सकिनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। आफ्नो भोगाधिकारमाथि अरूले दाबी गर्न सक्छन्, सजग रहनुहोला।

२०८० | वार्षिक राशिफल

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई केही चुनौतीसँग जुध्नुपरे पनि आर्थिक पक्षमा उत्साहजनक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। वर्षको पूर्वार्धमा शीर्षभावमा बृहस्पति र राहुको संयुक्त उपस्थितिले व्यवहारमा विद्रोही स्वभाव र मनमा कर्तव्यभाव उत्पन्न हुने संयोग बन्नेछ। बृहस्पतिले धैर्य एवं प्रतिबद्ध रहने गुण प्रदान गर्ने हुँदा अप्ठ्यारा परिस्थितिलाई पार लगाउँदै लक्ष्यको मार्ग अवलम्बन गर्न सफल भइनेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ र प्रतिभाको उच्च मूल्यांकन हुनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। भाग्यले नयाँ पेसा–व्यवसाय जुराउनेछ। सन्तान, सहयोगी र शुभचिन्तकका माध्यमबाट अभीष्टसिद्धि हुनेछ। राहुको प्रभावले अरूको दबाबमा काम गर्नुपर्ने, आफन्तबीच वादविवाद भइरहने, प्रतिशोधको भावना जाग्ने, मनमा डर, चिन्ता र अशान्ति जस्ता समस्या आइरहने छन्। आफ्ना कमजोरीहरू सतहमा आउनाले प्रतिष्ठामा समेत दाग लाग्न सक्छ। दाम्पत्यभावमा केतुको प्रभावले घर–गृहस्थी अशान्त बन्ने सम्भावना छ। गलत चिन्तन र स्वार्थभावले प्रेमसम्बन्धमा विकृति आउन सक्छ। जीवनसाथीको स्वास्थ्य कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्नेछ।उत्तरार्धमा राहु खर्चको कारक बन्ने देखिन्छ। केतुको प्रभावले शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। वर्षभरि आयभावमा रहने शनिको प्रभावले लक्ष्यअनुसारको काम सम्पादन भई मनग्य आम्दानी हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने बलियो सम्भावना छ। कृषि, पेसा–व्यवसाय, उद्योग, ठेक्कापट्टा, सेयर आदिमा प्रशस्त लाभ हुनेछ। रोजगारीका निम्ति विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। प्रतिकूल समयमा पनि अनिष्ट ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा समस्याबाट छुटकारा मिल्नेछ। वटुक भैरव, छिन्नमस्ता र हनुमानजीको पूजा–आराधना गर्दा राहु र केतुजन्य दोषमा कमी आई फाइदा हुनेछ। तुलनात्मक रूपमा वैशाख, साउन, मंसिर र चैत महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने असार, असोज, माघ र फागुन महिनामा विशेष अर्थलाभ हुनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिलाई यो वर्ष केही संघर्षमय देखिए पनि सामान्य उतारचढावका साथ आंशिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। खर्चभावमा बृहस्पति र राहुको एकसाथ उपस्थितिले वर्षको पूर्वार्धमा दुर्जनको संगत, अर्थहानि, मानहानि, ऋणभार जस्ता समस्या आउनेछन्। लगानीका नाउँमा मोटो रकम खर्च भए पनि लाभ उठाउन मुस्किल पर्नेछ। यस बीचमा केतुको अनुकूल प्रभावले रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। मुद्दा–मामिलामा न्याय पाइनेछ र प्रतिस्पर्धाबाट फाइदा हुनेछ। कर्मभावमा शनिको उपस्थितिले कर्मक्षेत्रमा सक्रिय प्रभाव जमाउन बाधा पर्नेछ। जेठ ३० देखि कार्तिक १५ सम्म शनिको वक्र गतिले काम रोकिने, उधारो व्यापार, नोकरीमा समस्या, पेसा–व्यवसायमा अड्चन, सहयोगीहरूबाट धोका, आर्थिक मन्दी जस्ता समस्या आउनेछन्। हिसाबमा आम्दानी देखिए पनि व्यवहारमा कम रकम हातलागी हुनेछ। वर्षको उत्तरार्धमा राहु आयभावमा प्रवेश गर्ने र शनिको वक्रगति समाप्त हुने हुँदा स्थिति अनुकूल बन्दै जानेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम शुभारम्भ गर्न सकिनेछ। कृषि, पशुपालन, व्यापार, उद्योग तथा सेयरमा लाभ मिल्नेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुन सक्छ। पेसा–व्यवसायमा उत्साहजनक उपलब्धि हासिल गर्दै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। देवगुरुको प्रभावले धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा खर्च गरिनेछ। विदेश ताक्ने हरूलाई यात्राको अवसर प्राप्त हुनेछ। प्रतिकूल ग्रहदोषबाट मुक्त हुन ग्रहशान्ति जप, अनुष्ठान गर्न सकिन्छ। बृहस्पतिका लागि बंगलामुखी र शिवजी तथा राहुका लागि वटुक भैरव र छिन्नमस्ता भगवतीको पूजा–आराधना गर्नाले फाइदा हुनेछ। काली भगवतीको पूजा र हनुमानचालीसा पाठ गर्नाले शनिदोष शान्त हुनेछ। तुलनात्मक रूपमा वैशाख, जेठ, भदौ र पुस महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने साउन, कार्तिक, फागुन र चैत महिनामा विशेष लाभ हुनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशि हुनेहरूका लागि २०८० साल सुखदायी नै रहनेछ, बृहस्पति र राहुको कारणले शुभ फल दिनेछ । वर्ष भरीनै शनिको कारणले भौतिक सुख मिल्ने र वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेशको कमाईले व्यवहार धान्न गारो पर्ला । केतुको कारणले सन्तान सुख नमिल्ने, गरेको कार्यमा ढिलासुस्ती हुने, चोटपटकको भय रहने, विद्या र बुद्धि पनि ह्रास आउनसक्छ । व्यापार/व्यवसाय यो वर्ष आर्थिक पक्ष राम्रै रहने देखिन्छ । पर्यटन, मनोरञ्जन र प्राविधिक कारोबार फस्टाउनेछ । सेयर बजारको कारोबार भने त्यति राम्रो हुन्न, तर मेसिनरी, निर्माण र खाद्यान्नको व्यवसायबाट भने राम्रो हुनसक्छ । पुरानो ऋण तिर्न सकिनेछ, तर आय भन्दा व्यय बढ्नसक्छ । आर्थिक दृष्टिले बैशाख, साउन, मंसिर र चैत महिना राम्रो छ । प्रेम/सम्बन्ध सबैसँगको सम्बन्ध सामान्य नै रहनेछ । पतिपत्नी या प्रेमी प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुनेछ । कसैकसैले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्छन् । वर्षको उत्तरार्धमा नयाँ प्रेम प्रसङ्गमा नपरेकै राम्रो हुनेछ, अत: विवाद बढ्न सक्छ र आफ्नो कार्य क्षेत्रका सहकर्मीसँग भने मनमुटाव पनि बढ्नसक्छ । शत्रु पनि हावी हुनसक्छन् । शिक्षा यो वर्ष पठनपाठनमा सफलता मिल्ने देखिन्छ । विशेषगरि स्वास्थ्य, डिजाइन, साहित्य र मनोरञ्जन विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । रोकिएका अधुरा विषयमा पनि उत्तीर्ण हुन सकिनेछ । वैदेशिक विद्यार्थीहरूले भने अलि बढी मिहिनेत र संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्रबाट जेठ, असोज र चैत्र महिनामा अधिक सफलता मिल्नेछ । पेशा/रोजगार यो वर्ष वैदेशिक व्यापार व्यवसाय घट्ने र आर्थिक क्षति हुनसक्छ अत: कटाई लगानी गर्नु पूर्व विचार निकै पुर्याउनु पर्छ । कडा मिहिनेत गरे पद र प्रतिष्ठा भने पाइने र प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । हार्डवेयर, जग्गाजमिन र दलाली पेशामा आवद्ध व्यक्तिहरूको बढी लाभ हुनेछ । स्वास्थ्य यो वर्ष वायुविकार, हड्डी र नशाको समस्या बढ्न सक्छ, अत: आहार विहार र स्वास्थ्यप्रति सजग रहनु होला । छाला तथा प्रजनन समस्या भने समाधान हुनेछ । शुभ रङ्ग हरियो, रातो, गुलाबी र सेतो शुभ रङ्ग हो । शुभ अङ्क १, ३, ६ र ९ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय ग्रह पीडाबाट बच्न नवग्रहको शान्ति गर्दा राम्रो हुनेछ । भगवान शिवजी र भैरवजीको दर्शन, पूजा, आरधना, पाठ र जप गर्नाले राम्रो हुनेछ । सत् मार्गमा हिड्ने र सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो वर्ष मध्यम फलदायी रहेको छ। कर्मभावका बृहस्पति र राहुको संयुक्त उपस्थितिले वर्षको पूर्वार्धमा अवसर र व्यवधानका उतारचढाव देखापर्नेछन् भने मिहिनेतले आंशिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। उत्तरार्धमा अधुरा काम सम्पादन गर्दै नोकरीमा प्रवेश वा पदोन्नति तथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने र उपलब्धि जोगाउन सकिने ग्रहयोग छ। कष्टभावमा शनिको उपस्थितिले हुने साढेसाती प्रभाव भने वर्षभरि पीडादायी बन्न सक्छ। खास गरी जन्मकुण्डलीमा शनि अशुभ हुनेहरूका लागि दुर्जनको संगत, दुव्र्यसन, अर्थहानि, मानहानि, स्वास्थ्य–हानि, लाञ्छना, सहयोगीहरूबाट धोका, आफन्तसँग मतभेद, गृहकलह, अभाव, बन्धन, विपत्ति, कष्ट जस्ता विघ्नबाधासँग संघर्ष गर्नुपर्ने देखिन्छ। असोजसम्म कर्मभावमा राहुको उपस्थितिले कर्मक्षेत्रमा वादविवाद भइरहनेछ। उद्देश्य प्राप्तिका लागि नीतिनियम मिचेर अघि बढ्नुपर्ने हुँदा धेरैको विरोधसमेत सामना गर्नुपर्ला। पितामाता र अधिकारीवर्गसँग मतभेद बढ्नेछ। गृहसुखमा केतुको प्रभावले घरमा मन नअडिने र आफन्तसँग असमझदारी बढ्ने सम्भावना देखिन्छ। छाती तथा पेटको समस्याले स्वास्थ्यबाधा निम्त्याउन सक्छ। कार्तिकदेखि पराक्रममा केतु र भाग्यभावमा राहुको प्रवेशसँगै कर्मभावमा बृहस्पतिको एकल उपस्थितिले पेसा–व्यवसायमा सुधारका संकेतहरू देखा पर्नेछन्। आर्थिक उन्नतिको मार्ग प्रशस्त हुनेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। अध्ययनले नया“ गति लिनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनेछ। र, मिहिनेतले बलियो नोकरीका साथै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न समयमै ग्रहशान्ति गर्नुहोला। शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा–आराधना गर्नाले शनिदोष शान्त हुनेछ। राहु र केतुको प्रतिकूल प्रभावबाट बच्न बटुकभैरव र छिन्नमस्ता भगवतीको दर्शन–पूजा गर्नुहोला। वैशाख, जेठ, असोज र पुस महिना बढी लाभदायक रहनेछन् भने असार, कार्तिक र फागुन महिना केही कष्टदायी रहनेछन्।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशि हुनेहरूका लागि यो वर्ष शुभ फल मिल्नेछ । यश, कृति, लाभ, विजय, वाक्सिद्धि र आफन्तको सहयोग मिल्नेछ । बृहस्पति र केतुको बृहस्पतिको प्रभावले जातकहरूलाई गरेको कार्यबाट सफलता दिलाउनेछ । शनि र राहुको कारणले भने उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय रहनेछ, तर जन्मकुण्डलीमा शनि राम्रो अवस्था भए शुभ फल मिल्ने, विद्या र बुद्धिको विकास हुने र चमत्कारी ढङ्गले सफलताहरू पाइनेछ । व्यापार/व्यवसाय यो वर्ष व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ । शिक्षा, सजावटी, पर्यटन, जग्गा जमिन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बिमा क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । अन्य व्यापार व्यवसाय भने सामान्य नै रहने छ । आर्थिक दृष्टिले जेठ, असार, मंसिर र माघ महिनामा बढी लाभ हुनेछ । प्रेम/सम्बन्ध प्रेम र मित्रताको बन्धनमा र दाम्पत्य जीवनमा विश्वासको कमी हुनसक्छ, अत: पूरा कुरा बुझेर मात्र अघि बढ्नु होला । सिंह राशिका जातकहरूले वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ या शनि र राहुको कारणले भने नजिकैका व्यक्तिहरूसँग असमझदारी बढ्नसक्छ । शिक्षा सामाजिक र विज्ञान विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ । इन्जिनियर र स्वास्थ्य विषय तथा शिक्षाको लागि वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष त्यति राम्रो देखिन्न, अत: शिक्षामा सफलता पाउन बढी मिहिनेत गर्नु पर्नेछ । पेशा/रोजगार यो वर्ष सरुवा र बढुवाको योग बनेको छ । नयाँ कार्यको थालनी हुने र लगानी गरेको ठाउँबाट राम्रो सफलता पाइनेछ । वैदेशिक रोजगार भने सामान्य नै रहनेछ । पहिरन, सञ्चार, विलासिता तथा मनोरञ्जन पेशामा आवद्ध व्यक्तिहरूलाई भने बढी सफलता मिल्नेछ । तरल पदार्थ र पर्यटनको क्षेत्रमा गरेको लगानीले भने लाभ नहोला । स्वास्थ्य यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । चोटपटकको भए रहनेछ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, अत: खानपिनमा सावधानी र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ । पेट र प्रजननमा पनि सामान्य समस्या बढ्न सक्छ । शुभ रङ्ग गुलाबी, निलो, रातो, पहेँलो र खैरो शुभ रङ्ग हो । शुभ अङ्क १, ३, ५, र ९ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय प्रत्येक शनिबार हनुमान चालीसाको पाठ, भैरवजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई समृद्धि मिल्नेछ । असहायलाई खुसी पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन् । आफ्नो जन्मवार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र सत्य बोल्दिनाले पनि ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिलाई यो वर्ष अवसर र चुनौतीका शृंखला दोहोरिने हुँदा व्यावहारिक समस्यासँग जुध्नुपर्नेछ। बृहस्पति र राहु एकसाथ कष्टभावमा रहनाले अवसरका लागि संघर्ष गर्नुपर्नेछ भने लक्ष्य प्राप्त गर्न समस्या पर्नेछ। सामाजिक न्यायबाट वञ्चित भइनेछ भने नैतिक धरातल पनि खस्किन सक्छ। बिनाकारण आफन्त तथा शुभचिन्तकहरू टाढिन सक्छन्। यात्रा खर्चिलो र कष्टपूर्ण बन्नेछ। आम्दानी बढाउन अनीतिको सहारा लिनुपर्ने हुन सक्छ। मनमा चिन्ता, शरीरमा चोट, साझेदारीमा झमेला, व्यापारमा हानि तथा नोकरीमा दुर्गम स्थानान्तरण जस्ता समस्या आउन सक्छन्। तर शत्रुभावस्थित शनिको अनुकूल प्रभावले वर्षभरि विभिन्न अवसर प्राप्त भइरहने छन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने मिहिनेत गर्दा नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। कृषि तथा पशुपालनमा पनि सामान्य फाइदा हुनेछ। आँटले काम लिनेहरूका लागि केही अवसर प्राप्त हुनेछ। नयाँ उद्योग तथा व्यवसाय प्रारम्भ गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि र विशेष औजार भित्र्याउने समय छ। पुरानो कामधन्दा फस्टाउनेछ। धेरै श्रम लागे पनि गरेको कामले नाम, दाम र इनाम दिलाउनेछ। प्रारम्भको संघर्षले अन्त्यमा विशेष उपलब्धि प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन् र सहयोगीहरूले साथ दिनेछन्। वर्षको उत्तरार्धमा राहु दाम्पत्यभावमा र केतु शीर्षभावमा प्रवेश गर्ने हुँदा पतिपत्नीबीच असमझदारी, पारिवारिक कलह, अपजस, अर्थहानि जस्ता समस्या देखापर्नेछन्। उद्देश्य प्राप्तिका लागि नीतिनियम मिचेर अघि बढ्नुपर्ने हुनाले धेरैको विरोधसमेत सामना गर्नुपर्ला। पितामाता र अधिकारीवर्गसँग मतभेद बढ्नेछ। अध्ययनमा समेत बाधा पर्न सक्छ। बृहस्पति, राहु र केतुको प्रतिकूल प्रभाव कम गर्न समयमै ग्रहदेवताको पूजा–अनुष्ठान गर्नुहोला। शिवजी र बगलामुखी भगवतीको पूजा–आराधना गर्नाले बृहस्पतिको दुष्प्रभाव शान्त हुनेछ। वटुकभैरव, छिन्नमस्ता र धूमावती भगवतीको पूजा–आराधना गर्नाले राहु र केतुको दुष्फल कम भई फाइदा हुनेछ। असार, साउन, मंसिर र फागुन महिना विशेष लाभदायक रहनेछन् भने वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन्।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
२०८० साल तुला राशि भएका व्यक्तिहरूलाई यो वर्ष राम्रो रहनेछ । शुभ र मङ्गल कार्यको योग छ । देवगुरु बृहस्पति र राहुको गोचरले राम्रो फल दिनेछ । आँटेको र ताकेको कार्य पूरा हुन सक्नेछ । नयाँ कार्यको थालनी र जागिर पाइने योग छ, तर केतुको नकारात्मक प्रभावले वादविवाद, डर र चिन्ता बढ्न सक्छ । यदि जन्म कुण्डलीमा शुभ ग्रहको अवस्था र ग्रहदशा राम्रो रहेमा शुभ फल पाइनेछ । व्यापार/व्यवसाय यो वर्ष तुला राशिका जातकहरूलाई व्यापार / व्यवसायबाट लाभ नै मिल्नेछ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ । स्वास्थ्य, प्राविधिक तथा पहिरनको क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । सेयर बजार अन्तर्गत बिमा क्षेत्र बढी राम्रो रहला । शनि र केतुको कारणले भने शत्रु बढ्ने, मनमा डर र भय भने रहनेछ । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही या उच्च छ भने शनिको कृपाले निर्माण, धातु, मेसिनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी क्षेत्रबाट शुभ फल मिल्नेछ । आर्थिक दृष्टिले वैशाख, साउन, भाद्र, र चैत्र महिना शुभ रहनेछ । प्रेम/सम्बन्ध यसपालि नयाँ सम्बन्ध जोडिन सक्छ । प्रेम र मित्रताको बन्धमा बढेर जानेछ । व्यापारिक र अन्य सम्बन्ध यथावत नै रहनेछ । पुराना प्रेम सम्बन्धलाई विवाहमा परिणत पनि गर्न सकिनेछ, तर आफ्नो जन्मकुण्डलीमा सप्तम भावको अवस्था कमजोर भएमा शुभ फल नमिल्ला । कात्तिकबाट भने पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउन सक्छ । शिक्षा अध्ययन र अध्यापनमा सामान्य नै रहनेछ । मिहिनेत गरे अनुसार विद्या र बुद्धिको विकास नहुन सक्छ । विदेशिएका विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हासिल गर्नेछन् । भाषा, प्राविधिक, विज्ञान र स्वास्थ्य क्षेत्रका शिक्षार्थीहरूलाई बढी सफलता मिल्नेछ । पेशा/रोजगार यो वर्ष नयाँ रोजगार पाइने र सरुवा र बढुवाको योग रहेको छ । सरकारी पद र ठूला सङ्घ संस्थामा आवद्ध पनि हुन सकिनेछ । रोकिएका वैदेशिक क्षेत्रका कामहरू सहजै अघि बढ्नेछ । शनि कमजोर रहनाले वादविवादमा नपरेकै जति हुनेछ, अन्यथा खर्च बढ्ने, दुख पाइने र अपजस खेप्नु पर्ला साथै विपक्षी भने बढ्न सक्नेछन् । स्वास्थ्य यो वर्ष सामान्य नै रहनेछ । कुनै कुराले मानसिक चिन्ता र समस्या बढ्न सक्छ । प्रजनन समस्या र शीर्ष पीडाको भय भने रहनेछ । रक्त सञ्चारको समस्या पनि बढ्न सक्छ त्यसैले स्वस्थको विशेष ध्यान दिनु होला । कात्तिक महिनाबाट स्वास्थ्यमा सुधार आउनेछ । शुभ रङ्ग सेतो, रातो, निलो, खैरो र गुलाबी शुभ रङ्ग हो । शुभ अङ्क २, ३, ६, र ७ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय मंगलबार विघ्नहर्ता गणेशजीको व्रत, दर्शन तथा पूजा गर्ने, रोगी तथा अपाङ्गहरूलाई सहयोग गर्ने साथै शनि र केतु ग्रहको शान्ति, जप, पाठ, पूजा र हवन आदि गराउनाले ग्रह पीडा कम भई अधिक सफलता मिल्नेछ, सत्कर्म गर्नेहरूलाई भने नवग्रहको कृपा सदैव रहि रहन्छ ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
बृहस्पति र शनि प्रतिकूल रहने हुँदा यो वर्ष उपलब्धिका लागि लामो समय संघर्ष गर्नुपर्ने देखिन्छ। वर्षभरि बृहस्पति शत्रुभावमा रहने हुँदा अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्नेछ। स्वास्थ्य र धनको चिन्ताले सताउन सक्छ। शत्रुता साध्नेहरू जाग्नेछन् भने शुभचिन्तकहरू उदासीन रहनाले महत्त्वाकांक्षा कुण्ठित हुनेछ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काममा उल्झन र नोकरीमा अपजस प्राप्त हुनाले मन अशान्त भइरहने छ। गृहसुखमा रहने शनिको अढैया प्रभावले परिवारमा द्वन्द्व, झुटा आरोप, अस्वस्थता, अर्थहानि, शत्रुबाधा जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ। सुरुमा विश्वास जितेर ठग्नेहरूले सताउन सक्छन्। अनीति र अन्यायको सिकार हुँदासमेत आफन्तजन तथा शुभचिन्तकहरू मौन रहनेछन्। काम बिग्रने डरले पनि सताइरहने छ। आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। साझेदारीमा असमझदारी बढ्न सक्छ। बिनाकारण आफन्तजन टाढिन सक्छन्। परिवारजनमा विश्वासको संकट देखापर्नेछ। प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ। वर्षको पूर्वार्धमा केतुले खर्च बढाए पनि राहुको अनुकूल प्रभावले शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। आँटले काम लिँदा उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन् र अड्किएको धन प्राप्त हुनेछ। उपलब्धिमूलक कार्य सम्पादन गर्न नसकिए पनि नियमित काम बन्नाले व्यवहार निर्वाह हुनेछ। कृषि, पशुपालन र उद्योगतर्फ फाइदा हुनेछ। वर्षको उत्तरार्धमा केतुको प्रभावले आयस्रोत सबल बन्नेछ। तर राहुको प्रभावले विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ। परिस्थितिवश लोकमा अपकीर्ति फैलिने र मानहानि हुने सम्भावना देखिएकाले सजग रहनुपर्नेछ। जन्मसमयमा बृहस्पति, शनि, राहु र केतु प्रतिकूल हुनेहरूले सम्बद्ध ग्रहदेवताको आराधना र अनुष्ठान गर्दा शुभफल प्राप्त हुनेछ। बृहस्पतिका लागि शिवजी र बगलामुखी, शनिका लागि काली भगवती तथा राहु र केतुका लागि बटुक भैरवको पूजा गर्नुहोला। शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिको अढैया समय पनि अनुकूल बन्न सक्छ। यो वर्ष वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन्।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आसलाग्दो मध्यम परिवेशबाट उचाइतर्फ अग्रसर हुँदै यस वर्षको मध्यसम्ममा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बृहस्पति, शनि र केतु अनुकूल हुनाले वर्षभरि भौतिक सुख–सुविधा प्राप्त भइरहनेछन्। बृहस्पति विद्याभावमा रहने हुँदा विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ र प्रतिभाको उच्च मूल्यांकन हुनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। मनमिल्ने प्रेमप्रात्र जुर्नाले गृहस्थी मार्ग अवलम्बन गर्न सकिनेछ। सन्तानसुख प्राप्त हुनाले मनमा खुसियाली छाउनेछ। पराक्रमभावमा शनिको अनुकूल प्रभावले भौतिक स्रोत–साधन जुट्नेछन् र दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन्। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। कृषि, पशुपालन, उद्योग र व्यवसायमा फाइदा हुनेछ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। शत्रु परास्त हुनुका साथै गुमेको अवसर पुनः प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ उद्योगधन्दा स्थापना गर्न सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। पाचनप्रणालीमा राहुको प्रभावले केही समस्या आउने र उपचारमा खर्च हुने सम्भावना देखिन्छ। सन्तानबारे पनि अलि चिन्तामग्न भइनेछ। वर्षको उत्तरार्धमा सुखभावमा राहु र कर्मभावमा केतु प्रवेश गर्नाले परिवारसुखबाट वञ्चित भएको आभास हुनेछ। अवसरवादीहरूले आफन्तमा विग्रह ल्याई फाइदा उठाउने प्रयत्न गर्नेछन्। परिस्थितिवश नजिकका व्यक्तिसँग सम्बन्धमा चिसोपनो आउनेछ। आँटेका धेरै काम सम्पादन हुनेछन्। तापनि आर्थिक लाभ उठाइसकेको काम अधुरो रहनाले आलोचित बन्नुपर्ला। कृषि, पशुपालन, नोकरी तथा ठेक्कापट्टाबाट भने राम्रै फाइदा हुनेछ। विशेष यन्त्र, सवारीसाधन आदि प्राप्त हुने समय छ। कृषि, पशुपालन र उद्योगतर्फ विशेष फाइदा हुनेछ। राहुको प्रतिकूल प्रभावबाट मुक्त रहन विधिपूर्वक ग्रहजप तथा वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा–आराधना गर्नुहोला। भदौ, मंसिर, पुस र चैत महिना अलि प्रतिकूल हुनेछन्। जेठ, असोज, कार्तिक र फागुन महिना भने विशेष शुभफलदायी रहनेछन्।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा पारिवारिक समस्याले उल्झन र व्यावहारिक कठिनाइ देखिए पनि वर्षको उत्तरार्धमा उत्साहजनक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। गृहसुखमा रहने बृहस्पतिको प्रभावले घरेलु समस्यासँग जुध्नुपर्नेछ। सत्यका पक्षमा लाग्दा दुःख पाइनेछ। अरूको विचारलाई बेवास्ता गर्ने प्रवृत्तिले शुभचिन्तकहरू टाढिनेछन्। घर–परिवारमा मतभेद देखापर्न सक्छ। परिस्थितिले साझेदारी तथा संयुक्त आधारशिला विखण्डन गरी एकल अवधारणामा अवतरित गराउनेछ। साझेदारीमा बाँडफाँट र सगोलको सम्पत्तिमा भागबन्डा लाग्ने सम्भावना छ। वर्षभरि धनभावमा रहने शनिदेवको अन्त्य साढेसाती चल्ने हुँदा आर्थिक क्रियाकलापमा मन्दी आउनेछ र धनको अभाव भइरहनेछ। कम आम्दानी, अत्यधिक खर्च, काममा विलम्ब, पढाइमा अवरोध, तीव्र आलोचना, अस्वस्थता जस्ता समस्याहरूसँग जुध्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। राहुको प्रभावले वर्षको पूर्वार्धमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। घरेलु समस्या आउन सक्छन्। प्रेममा मनमोटाव वा बिछोडसमेत निम्त्याउने हुँदा घरजमको आधारशिला कमजोर हुनेछ। केतुको प्रभावले केही लोकप्रिय काम बन्नेछन्। समाजमा कीर्ति फैलिने र मानसम्मान प्राप्त हुने सम्भावना छ। कार्तिकदेखि उद्योगभावमा जाने राहुको प्रभावले रोकिएका काम बन्नेछन्। कृषिकर्म, उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् र मनग्य धनलाभ हुनेछ। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। शनिको साढेसाती प्रभावबाट मुक्त रहन शनिवार पीपलको पूजा गरी जल चढाउनुहोला। काली भगवती, हनुमानजी र आफ्ना इष्टदेवको पूजा–आराधना गर्नाले पनि फाइदा हुनेछ। बृहस्पतिका असल गुण सक्रिय बनाउन शिवजी र बगलामुखी भगवतीको दर्शन–पूजा गर्नुहोला। राहुदोष शमन गर्न वटुक भैरव र छिन्नमस्ताको दर्शन–पूजा गर्नुहोला। असार, कार्तिक, मंसिर र चैत महिनामा विशेष फाइदा हुनेछ भने वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन्।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिका जातकका लागि समग्रमा २०८० साल शुभ त्यति खास नरहला । शनि, बृहस्पति, राहु र केतुको प्रभावले वर्षभरी नै तपाईँलाई कमजोर बनाउन सक्छ, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्ला, तर यदि जन्मकुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भएमा नराम्रा फलको सामना गर्नु पर्दैन र भाग्यमा वृद्धि हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । नसोचेको ठाउँबाट चमत्कारी लाभ पनि मिल्नसक्छ । व्यापार/व्यवसाय यो वर्ष आर्थिक समस्या बढ्न सक्ने देखिन्छ । खाद्यान्न, निर्माण, दलाली र तरल पदार्थमा गरेको लगानीबाट राम्रो प्रतिफल पाइनेछ । सेयरबजार र धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । शैक्षिक क्षेत्र, वैदेशिक लगानी र वित्तीय संस्थामा गरेको लगानीबाट राम्रो फल नमिल्ला । आर्थिक दृष्टिले जेठ र कात्तिक महिनामा धन हानी हुनेछ भने वैशाख, साउन, पुष र फागुन महिनामा अधिक लाभ मिल्नेछ । प्रेम/सम्बन्ध यो वर्ष प्रेम प्रसङ्गका लागि सामान्य रहेको छ अतः प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यताको आवश्यक पर्दछ । कसै कसैको जन्मकुण्डलीमा गण गुण राम्रो हुन गाएमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिन्छ । शिक्षा यो वर्ष विद्यामा ह्रास आउनसक्छ । स्वदेश तथा विदेश टाढिएर पढ्न गएका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रबाट मिहिनेत अनुसार सफलता नमिल्ला, तर भाषा र गणित विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । असार र भाद्र महिनामा राम्रो परिणाम आउनसक्छ । पेशा/रोजगार दबाब र तनाव बढे पनि नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ । पर्यटन र प्राविधिक क्षेत्रका पेशाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट पनि ख्याति कमाउन सकिनेछ, तर कार्य क्षेत्रमा शत्रुबाधा हुनसक्छ । स्वास्थ्य यो वर्ष स्वास्थ्यमा नयाँ समस्या आउन सक्नेछ । रक्तसञ्चार, नसा, टाउको र आँखाको समस्या पनि बढ्नसक्छ । परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ, मानसिक चिन्ताबाट बच्न उचित परामर्श र आहार बिहार प्रति सजगता अपनाउनु पर्नेछ । शुभ रङ्ग सुन्तला रङ्ग, रातो, खैरो, सेतो र पर्पल शुभ रङ्ग हो । शुभ अङ्क १, २, ३, ७ र ८ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय प्रत्येक विहीबार लक्ष्मीनारायणको दर्शन पूजा, आराधना एवं पूजा गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग गर्ने, खानेकुरा दिने र मान्यजनको आशीर्वाद लिनाले पनि राम्रो हुनेछ । कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि आफ्नो पितृदेवको आशीर्वाद लिई गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यो वर्ष अवसर प्राप्त भए पनि उपलब्धिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। बृहस्पति अनुकूल हुनाले शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै लेखन कलामा निखारता आउनेछ। भाग्यले असल जीवनसाथी जुराउने हुँदा गृहस्थीको बलियो जग बस्नेछ। शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। वर्षको मध्यतिर नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। व्यापारमा मनग्य लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। सवारी, घरजग्गा तथा अन्य चल–अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग देखिन्छ। उच्चशिक्षा तथा रोजगारीका लागि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। बृहस्पतिमाथि खर्चभावका शनिको वेध तथा दृष्टिदोष र राहुको युतिसम्बन्धले सामाजिक न्यायबाट वञ्चित भइनेछ भने समय–समयमा नैतिक धरातल पनि खस्किन सक्छ। बिनाकारण आफन्त तथा शुभचिन्तकहरू टाढिन सक्छन्। यात्रा खर्चिलो र कष्टपूर्ण बन्नेछ। आम्दानी बढाउन अनीतिको सहारा लिनुपर्ने हुन सक्छ। मनमा चिन्ता, शरीरमा चोट, साझेदारीमा झमेला, व्यापारमा हानि तथा नोकरीमा दुर्गम स्थानान्तरण जस्ता समस्या आउन सक्छन्। कष्टभावको केतुले कब्जियत, शूल र चोटपटक जस्ता स्वास्थ्यबाधा निम्त्याउन सक्छ। शनिको साढेसाती दशाले साथीभाइ र घरपरिवारको सुखबाट वञ्चित भएको आभास गराउनेछ। परिस्थितिवश अधिक खर्च, नोकरीमा दुर्गम स्थानान्तरणको चर्चा, अपजस, आलोचना आदिले केही हतोत्साहित भइनेछ। अवसरवादीहरूले नजिकको साइनो गाँसी आफ्नो भावनामाथि खेलबाड गर्ने प्रयत्न गर्नेछन्। काम बिग्रने डरले सताउन सक्छ। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोष शान्त हुनेछ। आर्थिक रूपमा जेठ, भदौ, पुस र माघ महिनामा बढी फाइदा हुनेछ भने असार, कार्तिक र फागुन महिना अलि प्रतिकूल देखिएकाले संयमित भएर काम गर्नुहोला।